१४ चैत्र २०८२ शनिबार
image/svg+xml
राजनीति

‘स्वतन्त्र भएर बोल्दा फिल्म बहिष्कार रे ! तानाशाही प्रेतहरू’

प्रधानमन्त्री केपी शर्मा ओलीले नायिका सुरक्षा पन्तमाथि सामाजिक सञ्जालमा भइरहेको गालीगलौज र अभद्र आक्रमणको कडा निन्दा गर्दै कलाकारको स्वतन्त्र अभिव्यक्तिमाथि कुनै पनि धम्की सहन नहुने बताएका छन्।

बुधबार एमालेनिकट राष्ट्रिय जनसांस्कृतिक महासंघ नेपालको नवौं महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्ता आक्रमणलाई ‘तानाशाहीको प्रेत’ को संज्ञा दिए।

प्रधानमन्त्री ओलीले गणतन्त्र स्थापना भइसकेको अवस्थामा पनि केही व्यक्ति रैतान मानसिकताबाट माथि उठ्न नसकेको र स्वतन्त्र विचारप्रति असहिष्णु भएको बताए।

एक टेलिभिजन कार्यक्रममा दिएको अभिव्यक्तिका कारण नायिका पन्तमाथि राजावादी समूहबाट भएको आक्रमण र उनको फिल्म बहिष्कार गर्ने धम्कीप्रति लक्षित गर्दै भने, “गणतन्त्र भन्न नसक्नेहरूले कलाकारलाई बहिष्कार गर्छन्। तानाशाहीको प्रेत घरिघरि तर्साउन आउँछ, तर त्यो फर्केर आउन सक्दैन।”

केही दिनयता नायिका पन्तमाथि सामाजिक सञ्जालमा उग्र राजावादी समूहबाट गालीगलौजसहित मानसिक यातना दिइएको छ।

प्रधानमन्त्री ओलीले कलाकारहरूलाई स्वतन्त्र विचार र अभिव्यक्तिमाथि कुनै पनि दबाब वा धम्कीले विचलित नहुन आग्रह गरे। “स्वतन्त्रताको झन्डा बोक्नेहरू धेरै छन्। बिहे गर्न पनि अरूले भनेको मान्नुपर्ने ? लब गर्न पनि नपाइने ?” उनले प्रश्न गरे।

प्रकाशित: १७ वैशाख २०८२ १५:५७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App