३ असार २०८३ बुधबार
image/svg+xml
राजनीति

बिमा कार्यक्रममा आँखा स्वास्थ्य समायोजन गरिनेछ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय स्वास्थ्य बिमा कार्यक्रममा आँखा स्वास्थ्यलाई समायोजन गर्ने बताएका छन्।

आँखा स्वास्थ्य क्षेत्रमा काम गर्ने संस्थाहरूले आयोजना गरेको ‘इन साइट अफ लाइभ २०३०’ अन्तर्राष्ट्रिय सम्मेलनको उद्‌घाटन गर्दै उनले दिगो विकास लक्ष्यप्रति प्रतिबद्धता जनाउँदै दृष्टि गुमाउने जोखिममा रहेकालाई ध्यानमा राखी प्राथमिक स्वास्थ्य सेवा र आवश्यक सेवामा आँखा स्वास्थ्य समायोजनलाई प्राथमिकता दिइएको बताएका हुन्।

नेपालमा सन् २०२२ मा बच्न सकिने अन्धोपनको द्रुत मूल्याङ्कन पूरा भएको र यसले राष्ट्रिय प्राथमिकतालाई मार्गदर्शन गरेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले स्वास्थ्य क्षेत्र रणनीतिक योजनामा सन् २०३० सम्म मोतियाबिन्दु शल्यक्रिया कभरेज ३५/४५ बाट ७५ प्रतिशतसम्म पुर्‍याउने प्रतिबद्धता व्यक्त गरे। उनले कुनै पनि मुलुक एक्लै गन्तव्यमा पुग्न नसक्ने भन्दै विश्वव्यापी सहकार्यमा जोड दिए।

आँखा स्वास्थ्यलाई सार्वजनिक स्वास्थ्य पूर्वाधारको हिस्साका रूपमा लिइएको बताउँदै उनले विद्यालय तहमा दृष्टि परीक्षण र नर्स कार्यक्रम सञ्चालन गरी शिक्षामा समानता र लैङ्गिक पहुँच विस्तार गरिएको उनको भनाइ थियो। रासस

प्रकाशित: १७ वैशाख २०८२ १३:०६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App