१० पुस २०८२ बिहीबार
image/svg+xml
राजनीति

जनमत र नाउपाबिच एकता घोषणा आज, कति शक्तिशाली बन्यो नाजपा?

जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच आज (बुधबार) एकता घोषणा हुँदैछ। डा. सिके राउत नेतृत्वको जनमत र रेशम चौधरी संरक्षक रहेको नाउपाबिच विगत दुई वर्षदेखि एकताको प्रयास चलिरहेको थियो। 

आज दिउँसो ११ बजे कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा एकीकरण घोषणा गर्ने तयारी छ। नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले जनमत पार्टीसँगको सहकार्यमा मधेश र सुदूरपश्चिमका जनताको आवाज बुलन्द गर्ने संकल्प व्यक्त गरेकी छन्। यो एकता सुदूरपश्चिमको पहाडदेखि मधेशको तराईसम्म जनताको आँखामा उज्यालो ल्याउने प्रयास भएको उनको तर्क छ। 

एकतापछि बन्ने नागरिक जनमत पार्टी (नाजपा) को अध्यक्ष राउत, संरक्षक रेशम चौधरी र सहअध्यक्ष श्रेष्ठ रहने भएका छन्। केन्द्रीय सदस्यहरू आधाआधा रहने सहमति भएको छ। एकतापछि संघीय संसदमा जनमतका ६ र नागरिक उन्मुक्तिका ४ गरेर नाजपाको १० सिट हुनेछ। यो संख्या एकीकृत समाजवादीको बराबर हो। 

प्रकाशित: १७ वैशाख २०८२ ०९:०५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App