१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
राजनीति

प्रदेशका ८ वटा ऐन संशोधन गर्न बनेको अध्यादेश जारी

कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको अध्यादेश २०८२ जारी गरेका छन् ।

२०८२ बैशाख १६ गतेको कोशी प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठकले सिफारिस गरे बमोजिम केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको अध्यादेश २०८२ प्रदेश प्रमुख खापुङले जारी गरेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

अध्यादेश मार्फत संशोधन गरिएका ऐनहरूमा सार्वजनिक साझेदारी ऐन २०७६, प्रदेश सहकारी ऐन २०७६, प्रदेश सवारी तथा यातायात  व्यवस्था ऐन २०७६, प्रदेश भवन ऐन २०७६ रहेको छ । 

यस्तै  प्रदेश औद्योगिक व्यवसाय ऐन २०७६, प्रदेश पर्यटन ऐन २०७६, कोशी प्रदेश निजी तथा साझेदारी फर्म रजिष्टेशन ऐन २०७७ र प्रदेश वन ऐन २०७७ रहेको कोशी प्रदेश सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीले जानकारी दिए । 

प्रकाशित: १६ वैशाख २०८२ १८:२१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App