१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
राजनीति

अदालतको अवहेलना मुद्दामा सर्वोच्चले माग्यो गगनसँग लिखित जवाफ

सर्वोच्च अदालतले अदालतको अवहेलना आरोपमा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापासँग लिखित जवाफ माग गरेको छ।

मंगलबार कायममुकायम प्रधानन्यायाधीश सपना मल्ल प्रधान र न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासले थापासँग लिखित जवाफ माग्ने आदेश गरेको हो ।

आइतबार अधिवक्ताहरू विशाल थापा, अनन्तराज लुइँटेल र प्रतिभा उप्रेतीले थापाविरुद्ध अवहेलना मुद्दा दायर गरेका थिए ।

संवैधानिक निकायमा ५२ जना पदाधिकारी नियुक्तिसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले मुद्दा झुलाइरहेको भन्दै थापाले केही दिन अघि भाषण गरेका थिए।

प्रकाशित: १६ वैशाख २०८२ १७:१२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App