८ जेष्ठ २०८३ शुक्रबार
image/svg+xml
राजनीति

कोशी सरकार: लगानी सम्मेलनका लागि ८ ऐन संशोधन गर्न अध्यादेश

लगानी सम्मेलनलाई लक्षित गरी कोशी प्रदेश सरकारले आठ वटा ऐन संशोधन गर्ने भएको छ।

मंगलबार बसेको कोशी सरकारको मन्त्रिपरिषद्को बैठकले अध्यादेश मार्फत आठ वटा ऐन संशोधन गर्ने प्रस्ताव स्वीकृत गरेको हो।

मन्त्रिपरिषद्को बैठकले केही प्रदेश ऐनलाई संशोधन गर्ने अध्यादेश २०८२ जारी गरी स्वदेश तथा विदेशमा रहेका निजी क्षेत्रलाई लगानी गर्ने वातावरण तयार पार्न आठ ओटा ऐन संशोधनका लागि स्वीकृत गरेको कोशी प्रदेश सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीले जानकारी दिए।

भण्डारीका अनुसार मन्त्रिपरिषद्ले स्वीकृत गरेको अध्यादेश मंगलबार नै प्रदेश प्रमुखले जारी गर्ने छन्। भण्डारीले लगानी सम्मेलनका लागि प्रदेश सरकारले १६ बुँदे नीतिगत प्रतिबद्धता पनि सार्वजनिक गर्ने निर्णय गरेको जानकारी दिए।

कोशी प्रदेशको लगानी सम्मेलन यही वैशाख १८ र १९ गते विराटनगरमा आयोजना हुँदैछ। 

प्रकाशित: १६ वैशाख २०८२ १६:५० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App