नेकपा (एमाले) का सांसद ठाकुर गैरेले शिक्षकहरूका जायज माग पूरा गर्न सत्तापक्ष र प्रतिपक्षको सामूहिक प्रतिबद्धताको खाँचो रहेको बताएका छन्।
प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै सांसद गैरेले सत्तापक्षले प्रतिपक्षलाई प्रतिपक्षले सत्तापक्षलाई आरोपित गरेर छुट पाउने ठाउँ नरहेको बताए। उनले शिक्षासम्बन्धी संसदीय समितिको सभापति समेत गरी प्रतिपक्षी दलले लामो समयसम्म शिक्षा मन्त्रालयको नेतृत्व गरेको भए पनि शिक्षा ऐन टुंग्याउन नसकेको आरोप लगाए।
प्रकाशित: १६ वैशाख २०८२ १२:५० मंगलबार





