८ जेष्ठ २०८३ शुक्रबार
image/svg+xml
राजनीति

अध्यक्ष दाहालले चाखे अछामी विशेष परिकार भक्सीको स्वाद

हुलाकी राजमार्ग केन्द्रित जनतासँगको माओवादी तराई–मधेस जागरण अभियानको क्रममा अध्यक्ष पुष्पकमल दाहालसहितको टिमले सुदूरपश्चिम अछामी समुदायको परम्परागत परिकार खाजाको रूपमा स्वाद चाखेको छ।

खाजामा विशेष गरी अछामीहरूको पहिचान झल्काउने परिकार भक्सी र डल्ला मासको मसला राखिएको थियो। भक्सी चामलको पिठोमा मह र घ्यू मिसाएर बनाइन्छ। तयार पारिएको मिश्रण केराको पातमा बेरेर भौरोमा स्टीम (बाफ) गरिन्छ। यस्तै, डल्ला मासलाई विशेष मसला हालेर केराको पातमा बेरि स्टीम गरिएको अर्को लोकप्रिय परिकार हो।

स्थानीय संस्कृतिको सम्मानस्वरूप अभियान टोलीले केराको पातमा राखिएको भक्सी र डल्ला मास स्वादले भरिपूर्ण परिकार खाजा रूपमा ग्रहण गरेको हो।

प्रकाशित: १६ वैशाख २०८२ ०८:३७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App