१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
राजनीति

दाहालको आत्मश्लाघाः देशलाई अझैँ मेरो जरुरत छ, पाँच सात वर्ष मर्नुहुन्न !

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आत्मप्रशंसा गर्दै अझैँ देशलाई आफ्नो आवश्यकता रहेको भन्दै पाँच सात वर्ष मर्न नहुने बताएका छन्। सोमबार बर्दियामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले यस्तो अभिव्यक्ति दिएका हुन्। 

‘मेरो स्वार्थ के छ भने म अझैँ पाँच सात वर्ष मर्नहुन्न भनेर आफूलाई बचाउनका लागि पनि मेहनत गरिरहेको छु,’ दाहालले भने, ‘मलाई लागेको छ–यो देशका लागि पाँच सात वर्ष मेरो आवश्यकता छ।’ त्यसपछि आफ्ना उत्तराधिकारी तयार नै रहेको उनले बताए। 

दाहालले दुई वर्ष मेहनत गरे माओवादी ०६४ भन्दा माथि पुग्ने दाबी गरे। ‘बहुमत ल्याएर समाजवादको आधार देख्ने त्यो सपना देखेरै मैले मेहनत गरिरहेको छु। समाजवादी क्रान्ति सुरु गरेर माथि(स्वर्ग) जाने विचार छ मेरो,’ दाहालले भने। 

त्यही कारण बिहान मोर्निङ वाक गरिरहेको उनले बताए। उनले भने, ‘एउटा अभियान पनि भएको छ युवासँगको। आजकाल त कता कता जनयुद्धको तयारीको जस्तो देखिन थालेको छ।’ 

प्रकाशित: १५ वैशाख २०८२ १८:२२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App