३ असार २०८३ बुधबार
image/svg+xml
राजनीति

राप्रपाको आरोप : सरकार फेरि दमनमा उत्रियो, के चाहेको हो?

राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद रोशन कार्कीले सरकार फेरि दमनमा उत्रिएको भन्दै आलोचना गरेकी छन्।

प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै उनले सरकारको आलोचना गरेकी हुन्। उनले आइतबारको शिक्षक आन्दोलनमा सरकारले आफैँ घुसपैठ गराएर शिक्षकहरूमाथि लाठीचार्ज, पानीको फोहोर र अश्रु ग्यास प्रयोग गरेर ६२ जना शिक्षकलाई घाइते बनाएको बताइन्। 

उनले सरकारले गत चैत १५ गते एक पत्रकारको हत्या गरेको आरोप लगाउँदै आइतबारको प्रदर्शनमा पत्रकार सविना कार्कीलाई घाइते बनाएको बताइन्।

प्रकाशित: १५ वैशाख २०८२ १२:४१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App