४ असार २०८३ बिहीबार
image/svg+xml
राजनीति

आन्दोलनमा प्रहरी र शिक्षक दुवै तर्फबाट बल प्रयोग हुनु लज्जास्पद : सांसद बडू

नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले शिक्षक आन्दोलनमा प्रहरी र शिक्षक दुवै तर्फबाट बल प्रयोग हुनु दुःखद् र लज्जास्पद रहेको बताएका छन्।

प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्।

सांसद बडूले २७ दिनदेखि चलिरहेको शिक्षकहरूको शान्तिपूर्ण आन्दोलनमा आइतबार अकस्मात बल प्रयोग हुनु दुःखद र लज्जास्पद रहेको बताउँदै उपचाररत शिक्षकहरूको स्वास्थ्य लाभको कामना गरे।

उनले सरकार थप संयमित, जिम्मेवार र संवेदनशील बन्नुपर्नेमा जोड समेत दिए।

प्रकाशित: १५ वैशाख २०८२ १२:३६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App