२६ वैशाख २०८३ शनिबार
image/svg+xml
राजनीति

नाउपासँग एकताअघि जनमतले बोलायो अन्तिम बैठक, नेताहरू नागरिकतासहित उपस्थित हुनुपर्ने

डा. चन्द्रकान्त राउत नेतृत्वको जनमत पार्टीले नागरिक उन्मुक्ति पार्टी (नाउपा) सँगको एकताअघि पार्टीको अन्तिम कार्यकारिणी समितिको बैठक बोलाएको छ।

दुई पार्टीबीच वैशाख १७ गते एकता हुँदैछ। जनमतले एकताको ठीक एक दिन अगाडि अर्थात् वैशाख १६ गते साँझ ६ बजे बैठक बोलाएको हो। प्रवक्ता डा. शरदसिंह यादवद्वारा जारी विज्ञप्तिअनुसार बैठक बानेश्वरस्थित पार्टीको कार्यालयमा बस्नेछ।

'आ-आफ्नो नागरिकता र मतदाता परिचय-पत्र लिएर आउनुहोला,' विज्ञप्तिमा भनिएको छ।

यी जनमत-नाउपाबीच बीच १७ गते काठमाडौंको नेपाल प्रज्ञा प्रतिष्ठानमा एक कार्यक्रमका बीच एकता घोषणा हुँदैछ।

प्रकाशित: १३ वैशाख २०८२ २०:०० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App