प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले प्रधानमन्त्री केपी शर्मा ओलीसँग राजावादी अभियन्ताहरूको पूर्व सम्बन्धबारे प्रश्न उठाएका छन्। शुक्रबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै पुनले प्रश्न उठाएका हुन्।
‘जनतासँग घुँडा टेकेका पूर्वशक्तिहरुले टाउको उठाउने जमर्को गरिरहेका छन्,’ पुनले भने, ‘अचम्मको कुरा त के छ भने प्रतिगमनको झण्डा उठाउनेहरू कोही प्रधानमन्त्रीका चुनावी सहकर्मी, कोही एमालेकै सूर्य चिन्हबाट चुनाव लडेका, कोही उहाँको पार्टीका पूर्वकेन्द्रीय सदस्य, कोही प्रधानमन्त्रीकै पार्टीका पूर्व सांसद, कति जना उहाँका प्रिय पात्रहरू नै हुनुहुन्छ।’
‘के यो संयोग मात्रै हो?’ भन्दै उनले प्रश्न गरे । ‘यसमा प्रधानमन्त्रीले केही आत्मसमीक्षा गर्नुभएको छ वा केही धारणा छ? यो कसरी हुन गयो ?,’ पुनले प्रश्न गरे।
प्रकाशित: १२ वैशाख २०८२ १४:४३ शुक्रबार





