मन्त्रिपरिषद्को बैठक सुरु भएको छ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी बैठकमा विशेष गरेर शिक्षकहरुको आन्दोलनका विषयमा छलफल भइरहेको सहभागी एक मन्त्रीले नागरिकलाई बताए।
शिक्षकहरुको आन्दोलन सोमबार २० दिन पुगेको छ। सोमबार नै शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएपछि दाबाब महसुस गरेका प्रधानमन्त्रीले मन्त्रिपरिषद्मा शिक्षकहरुको मागका विषयमा छलफल चलाएका हुन्।
भट्टराईको राजीनामा सम्बन्धमा पनि कुराकानी हुनेछ। अन्य मन्त्रालयगत विषयमाथि पनि बैठकमा छलफल तथा निर्णय हुनेछ।
प्रकाशित: ८ वैशाख २०८२ १८:३४ सोमबार





