९ पुस २०८२ बुधबार
image/svg+xml
राजनीति

रविको बन्दी प्रत्यक्षीकरण निवेदनको सुनुवाइ आज

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले दिएको बन्दी प्रत्यक्षीकरणको निवेदनको सुनुवाइ आज (सोमबार) हुँदैछ।

गैरकानुनी रूपमा थुनामा राखिएको रविपत्नी निकिता पौडेल लामिछाने आइतबार (हिजो) अदालत पुगेर निवेदन दर्ता गराएकी थिइन्। उक्त निवेदनको प्रारम्भिक सुनुवाइका लागि आज पेसी तोकिएको हो।

रविले आफूलाई प्रचलित कानुनविपरीत थुनामा राखिएको र थुना संविधानविपरीत भएको दाबी गरेका छन्।

यसअघि थुनामा पठाउने उच्च अदालतको आदेश बेरितको भएको भन्दै अर्को निवेदन पनि सर्वोच्च अदालतमा दर्ता गरेका थिए। त्यो निवेदनमा सर्वोच्च अदालतले कैफियत प्रतिवेदन मगाउने आदेश गरिसकेको छ।

प्रकाशित: ८ वैशाख २०८२ ०८:४९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App