आज (सोमबार) संघीय संसदका दुई समितिको बैठक बस्दै छ।
संघीय संसद सचिवालयका अनुसार ती दुवै समितिको बैठक सिंहदरबारस्थित कार्यालयमा बस्ने छन्। जसअनुसार राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बिहान ११ बजे बोलाइएको छ। जुन बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० का सम्बन्धमा गठित उपसमितिको प्रतिवेदनमाथि छलफल हुनेछ।
यस्तै सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा भने विधायन ऐन, २०८१’ कार्यान्वयनमा समितिको भूमिका सम्बन्धमा समितिका पूर्व सभापति रामनारायण विडारीसँग छलफल गरिने भएको छ। यो बैठक अपरान्ह १२ः४५ बजेदेखि सुरु हुनेछ।
प्रकाशित: ८ वैशाख २०८२ ०७:२९ सोमबार





