नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले अस्थिरताको कारक विद्यमान शासकीय स्वरूप नै भएको बताएका छन्।
आइतबार (आज) विराटनगरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन्। 'नेपालको सन्दर्भमा विद्यमान शासकीय स्वरूप नै अस्थिरताको कारक हो,' उनले भनेका छन्।
यस्तै उनले संविधानको समीक्षा गर्ने बेला भएको पनि बताएका छन्। संविधान बन्दाताका राजनीतिक दलहरूका बीचमा १० वर्षसम्म कार्यान्वयनका लागि प्रयास गर्ने र त्यसपछि आवश्यकताका आधारमा संशोधन गर्ने सहमति भएको पनि उनले बताए।
तर, संविधान प्रगतिशील बाटोमा, जनताको पक्षमा र अग्रगमनका लागि हुनुपर्ने उनको भनाइ छ।
प्रकाशित: ७ वैशाख २०८२ १९:२४ आइतबार





