१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
राजनीति

सिंहदरबार वरपर सुरक्षा व्यवस्था कडा

सिंहदरबार वरपर सुरक्षा व्यवस्था कडा पारिएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को प्रदर्शनका कारण सुरक्षा व्यवस्था कडा पारिएको हो।

आइतबार (आज) राप्रपाले निषेधित क्षेत्र तोड्ने प्रदर्शन गरेको छ। उक्त प्रदर्शनमा सहभागी हुने क्रममा सिंहदरबारबाटै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहित उपाध्यक्ष बुद्धिमान तामाङ, ज्ञानेन्द्र शाहीलगायतका नेताहरू पक्राउ परेका छन्।

उनीहरूले सिंहदरबारभित्रै प्रदर्शन र नाराबाजी गरेका थिए। यसपछि उनीहरू पक्राउ परेका छन्। त्यसपछि सुरक्षा व्यवस्था थप कडा पारिएको हो।

अहिले वरपर सवारी साधन चलाउन दिइएको छैन। सिंहदरबार दक्षिण गेट, हनुमानथान, अनामनगर, वैद्यखाना, न्यूप्लाजा, सिंहदरबार पश्चिम गेट र स्वास्थ्य मन्त्रालयतर्फका सडक सुनसान छन्। त्यहाँ ब्यारिकेड राखेर बाटो बन्द गरिएको छ।

त्यहाँ दंगा टोलीसमेत तैनाथ राखिएका छन्। 

प्रकाशित: ७ वैशाख २०८२ १६:०८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App