१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
राजनीति

संविधानको समीक्षा गर्ने बेला भयाे: अध्यक्ष दाहाल

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले संविधानको समीक्षा गर्ने बेला भएको बताएका छन् ।

आज विराटनगरमा आयोजित एक कार्यक्रममा अध्यक्ष दाहालले संविधान बनेको १० वर्ष भएकाले समीक्षा गर्ने बेला भएको बताएका हुन्। संविधान बारे गहन छलफल गर्ने बेला भैसकेको छ। १० वर्षमा छलफल गर्ने, संशोधन गर्ने पहिलै तय भैसकेको विषय हो  दाहालले भने ।

संविधानसँगै आर्थिक विकासको विषयमा पनि समीक्षा गर्ने बेला भएको उनले बताए । विदेशीको नकल गर्दा अर्थतन्त्र परनिर्भर भएको दाहालको दाबी छ ।  पछाडि फर्कन संविधानको समीक्षा गर्ने नभई  अगाडि बढ्न संविधान समीक्षा  आवश्यक रहेको उनको भनाइ छ । आन्दोलन र अराजकता बारे आपराधिक क्रियाकलापबारे परिभाषित गर्न आवश्यक रहेको दाहालले बताए  ।

नेता तन्त्र भयो भन्ने भाष्य बनाउने प्रयास भएको बताउँदै दाहालले संसारमा नेता तन्त्र भन्ने नहुने स्पष्ट पारे । गणतन्त्र बादी मिल्ने प्रयास भए पनि नसकेको बताउँदै दाहालले आफ्नै समीक्षा गर्ने बेला भएको धारणा राखे । प्रमुख दल प्रति जनता  पुरै निराश नभएको  उनको दाबी छ । पार्टीहरू  अलिअलि रोगी भएकाले अब, उपचारमा लग्न आवश्यक रहेको बताए ।

प्रकाशित: ७ वैशाख २०८२ १५:२५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App