१० पुस २०८२ बिहीबार
image/svg+xml
राजनीति

बिजुलीबजारमा भेला हुन थाले राप्रपाका नेता कार्यकर्ता

राप्रपाले राजसंस्था पुनर्स्थापनाको मागसहित आज गर्न लागेको पदर्शनमा नेता तथा कार्यकर्ताहरू भेला हुन थालेका छन्।  

प्रदर्शनका लागि राप्रपा नेता कार्यकर्ता तथा राजसंस्थाका समर्थकहरू अहिले बिजुलीबजारमा भेला हुन थालेका छन्। त्यहाँबाट अध्यक्ष राजेन्द्र लिङदेनले नेतृत्व सम्हाल्ने बताइएको छ।

सशक्त आन्दोलनमा होमिएको राप्रपाले पहिलो दिनमै निषेधित क्षेत्र तोड्ने तयारी गरेको छ । प्रदर्शनको र्‍याली बिजुलीबजारबाट बानेश्वरतिर गएर निषेधित क्षेत्र तोड्ने तयारी राप्रपाले गरेको छ। निषेधित क्षेत्र तोड्ने क्रममा सामूहिक गिरफ्तारी समेत दिने राप्रपाको रणनीति छ। 

प्रकाशित: ७ वैशाख २०८२ १२:३५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App