१४ चैत्र २०८२ शनिबार
image/svg+xml
राजनीति

मुकुलको टिप्पणी: राजनीतिक प्रतिशोधको रटानमा चितवनमा घण्टी हराउँदै छ

‘कांग्रेस, एमाले, माओवादी जसले राम्रो काम गरे पनि स्वागतम भन्न सक्नुपर्छ’

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का पूर्व महामन्त्री डा. मुकुल ढकालले राजनीतिक प्रतिशोधको रटानमा घण्टी हराउँदै गएको टिप्पणी गरेका छन्। शनिवार फेसबुकमा एक अभिव्यक्ति राख्दै मुकुलले चितवनको सबैभन्दा ठुलो दल रहेको रास्वपा त्यहाँको विकासमै हराइरहेको टिप्पणी गरेका हुन्। 

‘चितवनमा ६ लेन रोड बन्यो र उद्घाटन भयो। गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला बन्दै छ,’ मुकुलले लेखेका छन्, ‘राजनीतिक प्रतिशोधको एकोहोरो रटानमा अल्मलँदा विकास र सुशासनको मुद्दामा घण्टी हराउँदै छ ।’ 

यस्तै उनले अगाडि लेखेका छन्,‘चितवन, जहाँ हामी सबैभन्दा ठुलो दल हौँ, त्यहीँको विकासमा हामी हराउँदै छौँ।’  राम्रो काम कांग्रेस, एमाले, माओवादी जसले गरे पनि रास्वपाले कम्तीमा स्वागतम  भन्न सक्नुपर्ने मुकुलले लेखेका छन्। 

प्रकाशित: ६ वैशाख २०८२ १९:३२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App