नेकपा (माओवादी केन्द्र) का उपमहासचिव तथा सांसद जनार्दन शर्माले अर्थमन्त्री विष्णु पौडेलसँग छलफल गरेका छन्।
छलफलका क्रममा उनले अर्थमन्त्री पौडेललाई जाजरकोट, डोटी र बझाङ केन्द्रबिन्दु भएर गएको भूकम्पबाट भएको क्षति र बाढी पहिरोबाट प्रभावित जिल्लाहरूको पुनर्निर्माणलाई प्राथमिकता साथ अगाडि बढाउन र बजेट बिनियोजन गर्नेबारे छलफल गरेका छन्।
छलफलपछि शर्माले भनेका छन्, 'अर्थमन्त्रीज्यूसँग जाजरकोट, डोटी र बझाङ केन्द्रबिन्दु भएर गएको भूकम्पबाट भएको क्षति र बाढी पहिरोबाट प्रभावित जिल्लाहरूको पुनर्निर्माणलाई प्राथमिकता साथ अगाडि बढाउन र बजेट बिनियोजन गर्नेबारे छलफल भयो।'
प्रकाशित: २ वैशाख २०८२ १७:०१ मंगलबार