प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको सरकार आगामी चुनावसम्मै जाने बताएका छन् । सिरहामा नेकपा एमालेको जिल्ला अधिवेशन उद्घाटन गर्दै उनले सरकारको नेतृत्व फेरिने तर यो गठबन्धन सरकार चुनावसम्म टसमस नहुने ठोकुवा गरे ।
यो सरकार अहिले ढल्छ, भोली ढल्छ भनेर हल्ला फैलाइएकोप्रति टिप्पणी गर्दै प्रधानमन्त्री ओलीले भने,‘ अबको १५ महिनापछि मैले देउवाजी लाई सरकारको नेतृत्व हस्तान्तरण गर्छु । यो सरकार हल्लिने त के टसमस हुँदैन्, उनले थपे।
कतिपय तत्वहरुले संविधान मासिदै छ भनेर हल्ला फैलाउँदै हिँडेका छन् उनले भने,‘संविधान नै नमान्ने तत्वहरुले यस्ता कुरा गरेको सुहाउँदैन । हामी संविधानलाई अझ बलियो बनाउन लागिपरेका छौं । त्यही भएर भन्छु, ढुक्क हुनुस् उपयुक्त सयममा संविधानमा आवश्यक संशोधन हुन्छ, उनले आश्वस्त पारे ।’
कमला पुलको सर्वे गर्दा नभासिने गरी गर्नुपथ्यो तर त्यो बेला ध्यान पुर्याएको देखिएन । खोलाको अध्यन गर्दा जग बलियो बनाउने गरी हुनुपथ्र्यो त्यो पनि देखिएन । अहिले पुल भासियो । भासिएपछि भाँचियो । निर्माण गर्दा नभासिने गरी नभाँचिने गरी निर्माण गर्नुपर्दथ्यो त्यो भएन । मँ अहिले जनकपुरबाट यहाँ आउँदा हेलिकप्टरबाट हेरें उनले भने,‘अवस्था राम्रो देखिएन । सरकारले यस पुलको छिटो निर्माण गरी आवगमन सुचारु पार्न ध्यान दिन्छ ।
प्रकाशित: २६ चैत्र २०८१ १८:०२ मंगलबार





