३० जेष्ठ २०८२ शुक्रबार
image/svg+xml
राजनीति

रास्वपाद्वारा सचिवालय बैठक आह्वान

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सचिवालय बैठक आह्वान गरेको छ।

चैत २७ गते अर्थात् बुधबार (भोलि) अपराह्न ४ बजे पार्टी मुख्यालय वनस्थली च:मतिमा बस्नेगरी बैठक आह्वान गरिएको कार्यवाहक प्रवक्ता मनीष झाले जानकारी दिए।

कार्यवाहक प्रवक्ता झाका अनुसार बैठकमा अघिल्लो बैठकको समीक्षा, पार्टी गतिविधि र समसामयिक राजनीतिक घटनाक्रम, पार्टीको अधिवेशन, जनयात्रा कार्यक्रम, प्रदेश हेर्ने पदाधिकारी र केन्द्रीय सदस्यहरूको सन्दर्भमा छलफल हुने बताइएको छ।

प्रकाशित: २६ चैत्र २०८१ १५:५५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App