१ वैशाख २०८२ सोमबार
image/svg+xml २:१६ पूर्वाह्न
राजनीति

विकसित भनिएका देशहरू सङ्कटतर्फ उन्मुख छन्: पोखरेल

सत्तारूढ दल नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले विकसित भनिएका देशहरू सङ्कटतर्फ उन्मुख रहेको बताएका छन्।

सोमबार (आज) काठमाडौंमा आयोजित युवा साहित्य सम्मेलन-२०२५ लाई सम्बोधन गर्दै महासचिव पोखरेलले यस्तो बताएका हुन्।

'आज विकसित भनिएका देशहरू सङ्कटतर्फ उन्मुख छन्,' उनले भने, 'अमेरिकाको आजको नीति भनेको सङ्कटग्रस्त अमेरिकालाई बचाउने नीति हो।'

महासचिव पोखरेलले उनीहरूले आफ्नो भविष्य अँध्यारो हुँदै गएको देखेको पनि बताए। 'उनीहरूमा नवसृजनाको अभाव छ। सामर्थ्यको अभाव छ। त्यो सामर्थ्य कहाँ छ भन्दाखेरि जनसङ्ख्या बढी भएका देशहरूमा केन्द्रित छ। भारत र चीन विश्वमा अग्रस्थानतर्फ उन्मुख छन्,'उनले भने।

उनले नेपालले पनि आफूलाई अग्र स्थानमा लान सक्ने बताए। तर, त्यसका लागि मुख्यत: युवा पस्ताले अगाडि बढ्ने सङ्कल्प गर्नुपर्ने उनले बताए। राजनीतिक अस्थिरता, सामाजिक अराजकतालगायतका समस्याहरूलाई चिरेर अगाडि बढ्ने हो भने नेपालले पनि विश्व प्रतिस्पर्धामा अगाडि जान सक्ने उनले बताए।

प्रकाशित: २५ चैत्र २०८१ १४:१९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App