२८ चैत्र २०८१ बिहीबार
image/svg+xml १५:७ अपराह्न
राजनीति

सगरमाथा संवादमा मोदीजी नेपाल आउनुहुन्न, मेरो समय मिले त्यसअघि नै भारत भ्रमण हुनसक्छः प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सगरमाथा संवादमा नेपाल नआउने बताएका छन्।  

सगरमाथा संवादको समयमा नै मोदीले युरोपको भ्रमण गर्ने कार्यक्रम तय भइसकेकाले नेपाल आउन नपाउने तर भारतबाट उच्चस्तरको प्रतिनिधि सहभागी हुने जानकारी गराएका हुन्। शनिबार थाइल्याण्डको औपचारिक भ्रमण सकेर स्वदेश फर्किएका प्रधानमन्त्री ओलीले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँगको कुराकानीका क्रममा थाइल्याण्ड भ्रमणमा भारतीय प्रधानमन्त्री मोदीसँग आफ्नो भेट भएको र भेट सुमधुर भएको बताए।

उनले पारस्परिक सहयोगका विभिन्न क्षेत्रहरूको सम्बन्धमा र पञ्चेश्वर आयोजना, व्यापार, दोधारा चाँदनीमा महाकालीबाट सिँचाइ गर्ने कुराहरूमा छलफल भएको बताए। नेपाल-भारत सम्बन्धलाई अझ व्यापक विस्तृत, सुदृढ गर्दै लैजाने र देखिएका समस्यालाई तत्काल छलफल गरी टुंग्याउने बारेमा समझदारी भएको बताए।  

प्रधानमन्त्री ओलीले भने, 'भारतका प्रधानमन्त्री मोदीजीसँग भेट भयो, श्रीलंकाका प्रधानमन्त्री, भूटान, म्यानमारका प्रधानमन्त्रीसँग पनि भेट भयो। खासगरी भारतीय प्रधानमन्त्रीसँगको भेट कस्तो भयो र के भयो भन्ने चासो छ। भेट अत्यन्तै राम्रो भयो। सुमधुर वातावरणमा मित्रता र हार्दिकताका साथ भेट भयो। यस पल्ट सगरमाथा संवादमा मोदीजी आउन भ्याउनु हुन्न। यसकारण की उहाँको पहिला नै त्यसैबेला युरोप जाने कार्यक्रम जाने तय भइसकेको रहेछ।’

प्रधानमन्त्री ओलीले नेपालबाट भारत भ्रमण सगरमाथा संवादका कारण केही व्यस्तता रहेपनि आफूले समय मिलाउनसके हुनसक्ने बताए।

प्रकाशित: २३ चैत्र २०८१ १४:०९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App