सात मधेसकेन्द्रित दलहरूले सङ्घीय लोकतान्त्रिक मोर्चा घोषणा गरेका छन्। मोर्चाले १५ बुँदै आचारसंहिता पनि जारी गरेको छ।
आचारसंहितामा सार्वजनिक रूपमा एकअर्काको आलोचना गर्न नपाइने भनिएको छ। ६ नं. बुँदामा भनिएको छ, 'मोर्चामा आबद्ध दलहरूले सार्वजनिक रूपमा एकअर्काको आलोचना, घोचपेच नगरी अभिव्यक्ति प्रस्तुत गर्नेछ। तर, वैचारिक एवम् सैद्धान्तिक सवालमा आ-आफ्नो विचार सार्वजनिक गर्न बाधा पर्ने छैन।'
यस्तै बैठकको अध्यक्षता मोर्चामा सम्बद्ध दलहरूले पालैपालो गर्ने भनिएको छ। 'मोर्चाको बैठक आलोपालो सबै घटक दलको कार्यालय वा संसदीय दल वा दलहरूको सुविधा हुने ठाँउमा राखिनेछ,' त्यहाँ भनिएको छ।
मोर्चाको मूल समितिमा प्रत्येक घटक दलबाट अध्यक्षसहित बढीमा ३ जनासम्म सदस्य राख्न सकिनेछ कुरा पनि आचारसंहितामा उल्लेख छ।
बैठक सञ्चालन तथा व्यवस्थापनका लागि प्रत्येक घटक दलबाट एक/एकजना सदस्य रहने गरी सचिवालय गठन गरिने पनि त्यहाँ भनिएको छ। 'सचिवालयले अजेन्डा, योजना र कार्यक्रमको खाका तयार गरी मूल समितिमा पेस गर्नेछ। यसका अतिरिक्त तोकिएका कार्यहरू गर्नेछ,' त्यहाँ भनिएको छ।
यो पनि पढ्नुहोस्
सङ्घीय लोकतान्त्रिक मोर्चा घोषणा, २६ राजनीतिक प्रतिबद्धताप्रकाशित: २१ चैत्र २०८१ २०:५९ बिहीबार