३ वैशाख २०८२ बुधबार
image/svg+xml १९:५९ अपराह्न
राजनीति

‘समृद्ध विश्व, सुखी मानवता’ मेरो अन्तिम लक्ष्य: प्रधानमन्त्री

थाइल्यान्डमा आयोजित बिमस्टेक शिखर सम्मेलनमा सहभागी प्रधानमन्त्री केपी शर्मा ओलीले एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी (एआइटी) मा सम्बोधन गर्दै ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय लक्ष्यप्रति आफ्नो प्रतिबद्धता दोहोर्‍याएका छन्।

उनले विश्वविद्यालयहरूलाई नयाँ विचारको उर्वर भूमिका रूपमा चित्रण गर्दै नेपालको विकासमा कृषि र प्रविधिलाई आधार बनाउने बताए।

प्रधानमन्त्री ओलीले एआइटीको सन् १९५९ देखिको योगदानको प्रशंसा गरे। नेपाल यसको संस्थापक राष्ट्रमध्ये एक भएको र बोर्ड अफ ट्रस्टीमा रहेको उल्लेख गर्दै उनले संस्थासँगको सम्बन्ध औपचारिक र भावनात्मक दुवै रहेको सुनाए।

एआइटीबाट स्नातक नेपालीहरूले मुलुकको पूर्वाधार, जलस्रोत, सूचना प्रविधि र नीति निर्माणमा योगदान दिएको उनको भनाइ छ।

उनले ‘समृद्ध नेपाल, सुखी नेपाली’ लाई राष्ट्रिय आकाङ्क्षा भन्दै खुसी र सुखबिचको भिन्नता प्रस्ट्याए। “खुसी क्षणिक हुन्छ, सुखी भनेको दीर्घकालीन र समग्र समृद्धि हो,” उनले भने।

नागरिकलाई सुरक्षित र सम्मानित जीवन सुनिश्चित गर्नु राज्यको पहिलो दायित्व भएको उनको भनाइ थियो।

कृषिलाई समृद्धिको इन्जिन बनाउन उत्पादन, भण्डारण र आपूर्ति शृङ्खलामा ध्यान दिनुपर्ने बताउँदै प्रधानमन्त्री ओलीले पर्यटन, खनिज, जडीबुटी र उद्योगलाई आर्थिक गतिशीलताको आधार बनाउनुपर्ने उल्लेख गरे।

विश्वव्यापी चुनौतीहरू जस्तै जलवायु परिवर्तन र गरिबी समाधानका लागि सामूहिक प्रतिबद्धता आवश्यक रहेको भन्दै उनद ‘समृद्ध विश्व, सुखी मानवता’ आफ्नो अन्तिम लक्ष्य भएको बताए।

अन्त्यमा, एआइटीका विद्यार्थी र प्राध्यापकलाई धन्यवाद दिँदै उनले भविष्यको यात्रामा सहयात्री बन्ने अपेक्षा व्यक्त गरे।

यो पनि पढ्नुहोस्

अन्तर्राष्ट्रिय ‘प्लेटफर्म’ मा प्रधानमन्त्रीले सुनाए आफ्नो १४ वर्षको जेल जीवन

प्रकाशित: २१ चैत्र २०८१ १९:३५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App