२४ चैत्र २०८१ आइतबार
image/svg+xml २१:८ अपराह्न
राजनीति

भारतलाई मुछेर केही गर्न सकिन्छ कि भन्ने राजावादीहरूको हरकत खेर गयो : रिजाल

नेकपा (एमाले)का केन्द्रीय सदस्य विष्णु रिजालले भारतलाई मुछेर केही गर्न सकिन्छ कि भन्ने राजावादीहरुको हरकत खेर गएको टिप्पणी गरेका छन्।

बिहीबार सामाजिक सञ्जालमा लेख्दै उनले भारतको उत्तर प्रदेशका मुख्यमन्त्रीको तस्बिर बोकेर 'आन्दोलनमा भारतको समर्थन छ' भनेर गरेको प्रचारले काम नगरेपछि कथित राजावादी आन्दोलन तितरबितर भएको उल्लेख गरेका हुन्।

उनले लेखका छन्, 'छिमेकी भारतलाई मुछेर केही गर्न सकिन्छ कि भन्ने राजावादीहरूको हरकत खेर गएको छ। उत्तर प्रदेशका मुख्यमन्त्रीको तस्बिर नै बोकेर 'आन्दोलनमा भारतको समर्थन छ' भनेर गरेको प्रचारले काम नगरेपछि कथित राजावादी आन्दोलन तितरबितर भएको छ।'

यस्तै रिजालले पुराना राजावादीहरू ठीकठीकै अवस्थामा भइ पनि नव राजावादीहरूमध्ये कोही भागर्भको र कोही प्रहरीमा पुगेको भन्दै व्यंग्य गरे। 

उनले नेपाली जनताको बलिदानलाई अवमूल्यन गर्दै 'राजतन्त्र भारतले हटाइदिएको हो' भन्न पछि नपर्ने दरबारियाहरू नेपालमा २००७ सालमा झैँ भारतले राजतन्त्र पुनःस्थापना गरिदिन्छ भन्ने भ्रम बाँड्न पछि नपरिरहेको सन्दर्भमा अहिलेको आन्दोलनको विसर्जनले उनीहरूलाई राम्रो सबक सिकाएको जिकिर समेत गरे।

रिजालले भने, 'पुराना राजावादीहरू ठीकठीकै अवस्थामा छन्, नव राजावादीहरुमध्ये कसैको भागाभाग छ भने कसैको बास प्रहरीकोमा छ। नेपाली जनताको बलिदानलाई अवमूल्यन गर्दै 'राजतन्त्र भारतले हटाइदिएको हो' भन्न पछि नपर्ने दरबारियाहरू नेपालमा २००७ सालमा झैँ भारतले राजतन्त्र पुनःस्थापना गरिदिन्छ भन्ने भ्रम बाँड्न पछि नपरिरहेको सन्दर्भमा अहिलेको आन्दोलनको विसर्जनले उनीहरूलाई राम्रो सबक सिकाएको छ।'

प्रकाशित: २१ चैत्र २०८१ ०८:०५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App