२५ चैत्र २०८१ सोमबार
image/svg+xml १३:२६ अपराह्न
राजनीति

बाहिर रहेका १४ प्रतिशत बालबालिकालाई विद्यालय लैजानै प्रयास छ: मन्त्री तिमिल्सीना

लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सीनाले शिक्षामा बालबालिकाको पहुँच बढाउनु पर्ने बताएका छन् । 

प्रदेशभर १४ प्रतिशत बालबालिका विद्यालय बाहिर रहेको तथ्याङ्क देखिएकाले उनीहरूलाई विद्यालयको पहुँचमा ल्याउन पहल गरिरहेको बताए । ७ वर्षदेखि १४ वर्ष उमेर समूहका १४ प्रतिशत बालबालिका विद्यालयको पहुँच बाहिर रहेको देखिएकाले यो चिन्ताको विषय भएको उनको भनाई छ ।

सन्धिखर्कमा भएको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री तिमिल्सीनाले कुनैपनि बालबालिका शिक्षाबाट बन्चित नहोस् भन्ने अभिप्रायले विभिन्न कार्यक्रमहरू गरिरहेको बताए । ‘१४ प्रतिशत बालबालिका विद्यालय बाहिर छन्,उनले भने,‘के गरेर हुन्छ विद्यालयमा बालबालिकाको पहुँच बढाउनेमा केन्द्रित हुनेछौँ ।’

लुम्बिनी प्रदेशमा रहेका ४ हजार ५ सय ३१ सामुदायिक विद्यालयमध्ये २ हजार २५ विद्यालयमा विद्यार्थी संख्या एक सय भन्दा कम रहेको भन्दै उनले पहाडी भेगमा यो समस्या अझ बढी रहेको बताए । बेलैमा ध्यान नपुगे सामुदायिक विद्यालयहरूको अवस्था अझ बिग्रन सक्ने उनको भनाई छ ।

भौतिक विकासलाई केही समय रोकेर शिक्षा क्षेत्रलाई पहिलो प्राथमिकता नदिने हो भने यसले सही परिणाम नदिने मन्त्री तिमिल्सीनाको भनाई छ । ‘हामीले बाटो, भवन बनाउनेमा मात्र ध्यान दिँदा शिक्षा क्षेत्र पछि परेको छ,उनले भने,‘केही समय शिक्षालाई प्राथमिकतामा राखेर काम गर्नुपर्नेछ ।’

सामुदायिक विद्यालयहरूको गुणस्तर सुधार र बालबालिकाको पहुँच बढाउन नयाँ कार्यक्रमहरू ल्याउनु पर्ने उनले बताएका छन् । विद्यालय मर्च गर्ने, विद्यालयमै होस्टेल स्थापना गर्ने, यातायातको व्यवस्था गर्ने लगायतका कार्य गर्ने हो भने सामुदायिक विद्यालयहरूमा आकर्षण बढ्ने उनको दाबी छ ।

प्रकाशित: २० चैत्र २०८१ १४:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App