सभामुख देवराज घिमिरेले पाँच ओटा विधेयकहरू प्रमाणित गरेका छन्। साेमबार सभामुख घिमिरेले पाँच ओटा विधेयकहरू प्रमाणित गरेका हुन्।
घिमिरेले सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१, सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१, आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८१ र निजीकरण (पहिलो संशोधन) विधेयक, २०८१ प्रमाणित गरेका छन्।
सभामुखले विधेयक प्रमाणित गरेपछि प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पेश गरिने छ।
प्रकाशित: १८ चैत्र २०८१ १८:४१ सोमबार