१९ चैत्र २०८१ मंगलबार
image/svg+xml ८:२१ पूर्वाह्न
राजनीति

लुम्बिनीबाट शान्ति, अहिंसा र अध्यात्मको सन्देश फैल्याउनु पर्छ : पूर्वराष्ट्रपति भण्डारी

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले बुद्धजन्मस्थल लुम्बिनीबाट बुद्धको शिक्षामार्फत् शान्ति, अहिंसा र अध्यात्मको सन्देश फैलाउनुपर्ने बताएकी छन् । बुद्धजन्मस्थल लुम्बिनीस्थित पश्चिम प्लटमा थुक्छे छोइलिङ्ग गुम्बा(मोनाष्ट्री)को शिलान्यास गर्दै उनले सो कुरा बताएकी हुन् । 

लुम्बिनी गुरुयोजनाभित्रको पश्चिम खण्डको १४ नम्बरको प्लटमा गुम्बा निर्माण सुरु गरिएको हो । उनले लुम्बिनी क्रमिकरुपमा अन्तर्राष्ट्रिय धार्मिक पर्यटनको महत्वपूर्ण केन्द्र बन्दै गएको बताईन । लुम्बिनीबाटै शान्तिको सन्देश दिनुपर्नेमा बताउँदै पूर्वराष्ट्रपति भण्डारीले विश्वका विकसित र शक्तिशाली देशहरुमा अझै पनि गोलाबारुद, हिंसा र तनावको अवस्था रहेको बताउँदै बुद्धको शिक्षाले शान्तिको मार्गमा हिडाउने बताईन ।  

‘इशापूर्व ६२३ मा लुम्बिनीमा जन्मिनुभएका बुद्धले शान्ति अहिंसा, करुणा र शान्तिको मार्ग देखाउनुभयो, उनको शिक्षाले संसारभरका करोडौं मानिसहरुलाई प्रेरित गरिरहेको छ’ पूर्वराष्ट्रपती भण्डारीले भनिन्, ‘तर आज पनि विकसित र शक्तिशाली देशहरुको टकरावका कारण सर्वसाधरणहरु  गोलाबारुद, हिंसा र तनावपूर्ण जीवन जीउनुपर्ने अवस्था कायमै छ ।’  

पूर्वराष्ट्रपती भण्डारीले लुम्बिनीको धार्मिक र सांस्कृतिक पहिचान बोकेको महान सम्पदाको संरक्षण, प्रवर्द्धन र प्रचार प्रसारका लागि समेत अपिल गरिन । उनले लुम्बिनीको धार्मिक, सांस्कृतिक, आध्यात्मिक र ऐतिहासिक महत्व रहेको भूमिका पाईला टेक्दा आनन्द प्राप्त भएको बताउँदै थुक्छे छोईलिङ्ग गुम्बाले बुद्धको सन्देश विश्वभर फैलाउनेमा विश्वास व्यक्त गरिन् । गुम्बाले लुम्बिनीको धार्मिक तथा आध्यात्मिक गरिमा बढाउँदै संसारभरिका बौद्धमार्गी र पर्यटकहरुलाई आर्कषित गर्नेमा बताईन । उनले लुम्बिनीमा बौद्ध विश्वविद्यालय समेत रहेकाले लुम्बिनी बौद्ध शिक्षा र दर्शनको प्रमुख केन्द्रका रुपमा विकास गर्नुपर्ने बताईन ।  

‘विश्वविद्यालय मार्फत विश्वभर शान्ति र अध्यात्मको सन्देश फैलाउन सकिन्छ’ उनले भनिन । 

त्यस्तै कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले गुम्बाहरुले बुद्धका उपदेशहरुलाई विश्वभर फैलाउन महत्वपूर्ण योगदान गर्ने बताए । उनले शिलान्यास गरिएको गुम्बालाई समयमै सम्पन्न गर्न सुझाव दिदै बुद्धको सन्देशलाई विश्वभर फैलाउने कार्यम गुम्बाको भूमिका हुने विश्वास व्यक्त गरे ।  उनले लुम्बिनी गुरुयोजना भित्र कतिपयले जग्गा ओगट्ने तर गुम्बाको काम नगर्ने गरेको पाइएकोले त्यस्तो प्रवृत्तिलाई नियन्त्रण गर्न आग्रह गरे । 

प्रकाशित: १५ चैत्र २०८१ १९:०२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App