धरान उपमहानगरपालिकाको मेयर हर्क साम्पाङले काठमाडौंमा राजावादी र समाजवादी मोर्चाद्वारा आयोजित खबरदारी सभालाई लिएर कटाक्ष गरेका छन्।
शुक्रबार सामाजिक सञ्जालमा उनले लेखेका छन्, "म चाहिँ राष्ट्रवादी परें ! दुवैवादीले मलाई पाइप तान्न सघाए पनि हुन्थ्यो ! काम मात्रै मन पर्छ मलाई त !"
तीनकुने क्षेत्रमा मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आह्वान गरेको आन्दोलन उग्र भएपछि तोडफोड र आगजनी भएपछि मेयर साम्पाङको यस्तो अभिव्यक्ति आएको हो। समाजवादी मोर्चाले प्रदर्शन मार्गमा प्रदर्शन गरेको छ।
प्रकाशित: १५ चैत्र २०८१ १६:४८ शुक्रबार