१८ चैत्र २०८१ सोमबार
image/svg+xml ८:१८ पूर्वाह्न
राजनीति

कुलमान भन्दा योग्य मान्छे ल्याएका छाैं: मन्त्री खड्का

फाइल।

ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले नेपाल विद्युत् प्राधिकरणमा कुलमान घिसिङलाई हटाएर राम्रो र योग्य मान्छे ल्याएको बताएका छन्।

बिहीबार संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग छोटो कुरा गर्दै उनले यस्तो बताएका हुन्। 

सञ्चारकर्मीको ‘कुलमानलाई हटाएपछि जनआक्रोश देखिएको छ नि’ भन्ने प्रश्नमा उनले भने ‘मलाई त त्यस्तो लाग्दैन। उहाँ भन्दा योग्य मान्छे राखेका छौं।’

त्यसपछिका प्रश्नमा भने उनले जवाफ दिन चाहेनन्। उनले सञ्चारकर्मीको प्रश्न हाँसेर टारिदिए।

उनको सवारीका लागि प्रहरीले स्कर्टिङ गरेको थियो।

प्रकाशित: १४ चैत्र २०८१ १७:०९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App