१८ चैत्र २०८१ सोमबार
image/svg+xml ६:३ पूर्वाह्न
राजनीति

नकारात्मकता फैलाउन राजाका विगतका किस्साहरू उत्खनन हुँदै छन् : राप्रपा प्रवक्ता श्रेष्ठ

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता मोहन श्रेष्ठले कथित बुद्धिजिवी र केही मिडियाले नकारात्मकता फैलाउन राजा र राजसंस्थाका विगतका किस्साहरू उत्खनन गरेको भन्दै टिप्पणी गरेका छन्। 

प्रचार विभाग प्रमुख समेत रहेका उनले बिहीबार सामाजिक सञ्जालमा लेख्दै यस्तो टिप्पणी गरेका हुन्। 'द्रव्य लिएर विदेशी स्वार्थ र विदेशी एजेण्डा बोक्ने कथित बुद्धिजिवी र केही मिडिया समेतले नकारात्मकता फैलाउन राजा र राजसंस्थाका विगतका अनेकन किस्साहरू उत्खनन गरिरहेका छन्,' उनले लेखेका छन्, 'ति सबै प्रयासहरू निरर्थक हुने छन्।'

परिवर्तनको बहाव र जनचाहनालाई अनेकन आवरणमा रोक्न खोज्नु हत्केलाले सूर्य छोप्न खोज्नु जत्तिकै असम्भव र दुस्साहसपूर्ण हुने उनले जिकिर गरे। यस्तै श्रेष्ठले गणतन्त्र असफल भइसकेको दाबी समेत गरेका छन्। 

उनले अब गणतन्त्रलाई नेपालीले धान्न नसक्ने भनाइ राखे। उनले भने, 'परिवर्तनको बहाव र जनचाहनालाई अनेकन आवरणमा रोक्न खोज्नु हत्केलाले सूर्य छोप्न खोज्नु जत्तिकै असम्भव र दुस्साहसपूर्ण हुनेछ। गणतन्त्र यसको प्रयोगबाटै असफल भइसक्यो। यो नेपालको लागि होइन, नेपालीले धान्न सकेन, सक्दैन।'

श्रेष्ठले देश यथास्थितिमा अघि बढिरहन अब किमार्थ सम्भव नभएको बताउँदै राजसंस्था, हिन्दुराष्ट्रको पुन:स्थापना र संघीयता खारेजीको पक्षमा हुने आन्दोलन, संघर्ष र प्रदर्शनहरूमा आफूहरूको साथ, सहयोग र समर्थन हुने समेत उल्लेख गरे।

उनले लेखेका छन्, 'राजसंस्था, हिन्दुराष्ट्रको पुन:स्थापना र संघीयता खारेजीको पक्षमा हुने आन्दोलन, संघर्ष र प्रदर्शनहरुमा हाम्रो साथ, सहयोग र समर्थन हुने छ। शान्तिपूर्ण र अहिंसात्मक आन्दोलन-आन्दोलनको जगमा परिवर्तन- अबको गन्तव्य।'

प्रकाशित: १४ चैत्र २०८१ १०:४७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App