१८ चैत्र २०८१ सोमबार
image/svg+xml ४:३६ पूर्वाह्न
राजनीति

कम्युनिष्ट राजनीतिको दु:खद इतिहास नेकपाको लहडी एकता र दुर्दान्त विभाजन : गोकुल बास्कोटा

फाइल तस्बिर

नेकपा (एमाले)का पोलिटब्युरो सदस्य एवं सांसद गोकुल बास्कोटाले कम्युनिष्ट राजनीतिको सुखद इतिहास जननेता मदन भण्डारीको उदय र जवजको प्रतिपादन भएको बताएका छन्। 

बास्कोटाले बिहीबार सामाजिक सञ्जालमा लेख्दै यस्तो बताएका हुन्। साथै उनले नेकपाको लहडी एकता र दुर्दान्त विभाजनलाई दु:खद इतिहासको संज्ञा दिएका छन्।

उनले लेखेका छन्, 'नेपालको लोकतान्त्रिक र कम्युनिष्ट राजनीतिको सर्वाधिक सुखद इतिहास जननेता मदन भण्डारीको उदय र जवजको प्रतिपादन हो भने दु:खद इतिहास नेकपाको लहडी एकता र दुर्दान्त विभाजन।'

उनले अधिकारका लागि लड्न र मिल्न नसक्ने नोस्टाल्जियाले नेपालका वाम्पन्थीलाई सुदुर भविष्यसम्म सताइरहने पनि दाबी गरेका छन्। उनले भने, 'अधिकारका लागि लड्न सक्ने मिल्न नसक्ने नोस्टाल्जियाले नेपालका वाम्पन्थीलाई सुदुर भविष्यसम्म सताइरहने पक्कापक्की छ।'

नेता बास्कोटाले पछिल्लो समय वर्तमान राजनीतिमा भइरहेको उथलपुथललाई लक्षित गर्दै यस्तो बताएका हुन्। 

प्रकाशित: १४ चैत्र २०८१ ०८:२४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App