१५ चैत्र २०८१ शुक्रबार
image/svg+xml २०:३१ अपराह्न
राजनीति

तीन संसदीय समितिको बैठक बस्दै

आज संघीय संसदका तीन वटा समितिको बैठक बस्दै छ। ती बैठकहरू सिंहदरबारस्थित कार्यालयमा बस्ने छन्।

जसअनुसार अर्थ समितिको बैठकमा भन्सार सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक उपर दफावार छलफल हुनेछ। जुन बैठक बिहान ११ बजेबाट सुरु हुनेछ।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा भने तीनवटा अजेन्डामा छलफल हुने छन् । समिति अन्तर्गतका उपसमितिहरूमा सदस्य थप तथा हेरफेर, विद्यालय शिक्षा विधेयक, २०८० का सम्बन्धमा उपसमिति गठन र शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि दफावार छलफल हुने जनाइएको छ। यो बैठक पनि ११ बजेबाट सुरु हुनेछ।

साथै, सार्वजनिक लेखा समितिको बैठकमा भने समितिमा प्राप्त उजुरी उपर छलफल सम्बन्धमा हुनेछ। लेखा समितिले यसअघि नै १०० वटा उजुरी सार्वजनिक गरिसकेको छ।

प्रकाशित: ८ चैत्र २०८१ ०७:०३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App