राजावादी शक्तिहरुले दबाब बढाउन थालेपछि सत्तारुढ नेकपा एमाले सडकमा ओर्लिने भएको छ। लोकतान्त्रिक गणतन्त्रको पक्षमा जनसचेतना कार्यक्रम गर्ने भन्दै एमालेले देशव्यापी कार्यक्रमहरु तय गरेको छ।
त्यसका लागि एमालेले विभिन्न चरणका विभिन्न कार्यक्रमहरु तय गरेको छ।
जसअनुसार पहिलो चरणमा चैत ११ गते देशभरका सबै वडाहरूमा एकसाथ जनसचेतना कार्यक्रम सञ्चालन गर्ने र संघीय लोकतान्त्रिक गणतन्त्रका पक्षमा नागरिक समाज र विभिन्न पक्षसँग केन्द्र र जिल्लास्तरमा अन्तरसंवाद कार्यक्रम आयोजना गर्ने तय गरेको छ।
यस्तै तेस्रो चरणमा चैत १८ गते काठमाडौं उपत्यका, कैलाली, सुर्खेत, रुपन्देही, कास्की, पर्सा र झापा बाहेकका सबै जिल्लामा जिल्लास्तरीय जनप्रदर्शन र जागरण सभा आयोजना गर्ने र जागरण सभा नहुने जिल्लाका हकमा वृहत मोटरसाइकल ¥याली गर्ने कार्यक्रम तय गरेको द्ध।
यस्तै चौथो चरणमा चैत २४ देखि ३० गतेभित्र धनगढी, सुर्खेत, बुटवल, पोखरा, वीरगञ्ज र दमकमा विशेष सभाको आयोजना गर्ने एमालेले जनाएको छ। यस्तै काठमाडौं उपत्यकाको विशेष सभाको योजना पछि तय गरिने पनि एमालेले जनाएको छ।
एमालेले यो कार्यक्रमलाई आफ्नो तीनमहिने वडाकेन्द्रित अभियानसँगै जोडेको भनेको छ। एमाले महासचिव शंकर पोखरेलले सबै प्रदेश र जिल्ला कमिटीका अध्यक्षहरूलाई भर्चुअल बैठकबाट सम्बोधन गर्दै पार्टीले तय गरेको कार्यक्रम प्रभावकारीरूपमा कार्यान्वयनमा लैजान निर्देशन दिएका छन्।
प्रकाशित: ७ चैत्र २०८१ १८:१८ बिहीबार