६ चैत्र २०८१ बुधबार
image/svg+xml २:३० पूर्वाह्न
राजनीति

पार्टीलाई कम्पनी भनेको भन्दै रास्वपाले सोध्यो स्पष्टीकरण

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुनसरीका सभापति जीवनकुमार श्रेष्ठलाई स्पष्टीकरण सोधिएको छ।

श्रेष्ठले रास्वपा पार्टी नभई कम्पनी हो भनेको भन्दै सोमबार स्पष्टीकरण सोध्दै २४ घन्टाभित्र जबाफ दिन भनेको हो।

‘चैत ३ गते कोशी प्रदेशको आधिकारिक ग्रुपमा प्रदेश समिति सदस्य धनेश्वर शाहको ‘४ गतेको बैठक ८ गते सरेको होरु भन्ने जिज्ञासामा तपाईंले ‘यहाँ जे पनि हुनसक्छ। यो कम्पनी हो पार्टी हैन’ भन्ने अभिव्यक्ति दिई पार्टीप्रति दिग्भ्रमित पार्ने काममा अग्रसर भएको देखिन्छ,’ स्पष्टीकरणमा सोधिएको छ।

प्रकाशित: ५ चैत्र २०८१ १५:१६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App