१६ माघ २०८२ शुक्रबार
image/svg+xml
राजनीति

दाहालको सचिवालयले भन्यो- सरकारमा जानेबारे कसैसँग कुराकानी भएको छैन

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालको सचिवालयले अध्यक्षको कुनै नेतासँग कुराकानी नभएको स्पष्ट पारेको छ।

माओवादीले सरकारमा जाने तरखर गरेको र नेपाली कांग्रेसका सभपाति शेरबहादुर देउवालगायतका नेताहरूसँग कुराकानी भएको चर्चाका बीच दाहालका प्रेस सल्लाहकार गोविन्द आचार्यले कसैसँग कुराकानी नभएको बताए।

'सरकारमा जानेबारे वा अन्य विषयमा सरकारमा रहेका पार्टीका प्रमुखसहित कुनै पनि नेतासँग अध्यक्ष प्रचण्डको कुराकानी नभएको ब्यहोरा जाननकारी गराउँदछु,' आचार्यले भने।

अहिले सरकारमा जाने माओवादीको नीति नरहेको उल्लेख गर्दै उनले भने, 'सरकारले गरिरहेको बेथिति र गलत क्रियाकलापको बिरोध र गणतन्त्र तथा संविधानको कार्यान्वयनका लागि माओवादीको खबरदारी जारी रहनेछ।'

प्रकाशित: ४ चैत्र २०८१ १५:३५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App