बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले फागु पर्वको अवसरमा शुभकामना व्यक्त गर्दै यो पर्व आपसी सद्भाव र मेलमिलापको प्रतीक भएको उल्लेख गरेका छन्।
होली पर्वलाई आपसी भाइचारा, एकता, प्रेम र आत्मीय सम्बन्धको प्रतीकको रूपमा लिइएको उल्लेख गर्दै सन्देशमा उनले पर्वको महत्व खराब प्रवृत्तिलाई नाश गरेर सत्यता र न्यायलाई स्थापित गर्नु हो भनेका छन्।
'चाडपर्वले विशिष्ट मौलिक पहिचान बोकेका हुन्छन्। नेपाल सभ्यता र संस्कृतिमा धनी छ। आपसी सद्भाव र सहिष्णुतालाई आत्मसात् गर्दै पर्व मनाउन सबैलाई प्रेरणा मिलोस्,' सन्देशमा उनले उल्लेख गरेका छन्।
प्रकाशित: २९ फाल्गुन २०८१ १०:४१ बिहीबार