नेपाली कांग्रेसका नेता तथा सांसद चन्द्र भण्डारीले आफू कसैको विरोध नभएको बताएका छन्।
'म कसैको विरोधी होइन,' उनले मङ्गलबार (आज) साँझ सामाजिक सञ्जाल फेसबूकमा लेखेका छन्।
उनले आफूलाई मुलुक र जनता पक्षको दाबी गरेका छन्। 'मुलुक, जनता, जनजीविका र हाम्रा सभ्यताको पक्षको हुँ,' उनले थप भनेका छन्, 'मेरा विमति र असहमति विचारमा र प्रवृत्तिमा हो, व्यक्तिमा होइन।'
प्रकाशित: २७ फाल्गुन २०८१ २१:३३ मंगलबार