२० चैत्र २०८१ बुधबार
image/svg+xml ६:५२ पूर्वाह्न
राजनीति

रविको पक्षमा उभिए राजेन्द्र पाण्डे, भन्छन्: जिल्ला डुलाउँदै यातना दिइयो

नेकपा (एकीकृत समाजवादी) का सांसद राजेन्द्र पाण्डेले मुलुकमा भ्रष्टाचार संस्थागत हुँदै गएका कारण राजावादीहरू सल्बलाउन थालेको टिप्पणी गरेका छन्। मंगलवार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। सांसद पाण्डेले वर्तमान सरकारले समेत नयाँपन दिन नसकेका कारण प्रतिगमनकारी सक्रिय भएको आरोप लगाए। 

उनले भने, ‘भ्रष्टाचारका एकपछि अर्को घटनामा मन्त्री, कर्मचारी र उच्चपदस्थ व्यक्ति, सरकारद्वारा नियुक्त विभिन्न संस्थानका प्रमुख मुछिँदै गएको, शासन सञ्चालनमा व्यापक पक्षपात भएको, सहकारी ठगी आरोपमा यसै संसद्का सांसद रवि लामिछानेलाई झन्डै ९० दिन विभिन्न जिल्ला डुलाउँदै अपमान र यातना दिने काम गरियो तर यस्तै आरोपमा मुछिएका कांगेस उपसभापति र नेकपा एमालेका सांसदलाई कुनै कारबाही भएन। यी सबैलाई मुद्दा नचल्ने बन्यो । रवि लामिछानेलाई मुद्दा चल्ने अरुलाई नचल्ने देखियो।’ 

उनले भ्रष्टाचारीहरूलाई कारबाही गर्न वर्तमान सरकार पूर्णतः असफल भएको तर्क गरेका छन्।  

प्रकाशित: २७ फाल्गुन २०८१ १६:५५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App