राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले सांकेतिक रुपमा सरकार कुशासनतर्फ उन्मुख रहेको बताएका छन्।
प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले सरकारले जनतालाई माया गर्नुको सट्टा रङ्गशालामा नागरिक कुटेको आरोप लगाए। उनले वर्तमान सरकार कुलमानलाई लखेट्ने तयारी गरिरहेको समेत बताए। उनले सहकारी पीडितको समस्या समस्या समाधान गरिनिदुस् भन्दा ‘रविलाई थुन्यौं त’ भन्ने सरकारको जवाफ हुने गरेको बताए।
उनले भने, ‘हामीले सरकारलाई जनतालाई माया गरिदिनुस् भन्छौं उहाँको कार्यकर्ताले रङ्गशालामा मान्छे कुट्छ । हामी सरकारले देशलाई माया गरिदिनुस् भन्छौं उहाँ कुलमानलाई लखेट्ने तयारी गर्नुहुन्छ । हामी सहकारी पीडितले न्याय पाउन भन्छौं उनीहरु रविलाई थुन्यौं त भन्छन् । हामी स्थानीय तहलाई बलियो बनाइदिनुस् न भन्छौं उनीहरु बालेनको कर्मचारी खोसे त भन्नुहुहन्छ ।’
प्रकाशित: २७ फाल्गुन २०८१ १४:३९ मंगलबार