२४ चैत्र २०८१ आइतबार
image/svg+xml २०:१० अपराह्न
राजनीति

मंगलबारको प्रतिनिधि सभा बैठकमा दाहालले सम्बोधन गर्ने

फाइल तस्बिर

संसदबाट स्वीकृत भएका पाँच वटा अध्यादेशसम्बन्धी प्रतिष्थापन विधेयक २८ गते बस्ने प्रतिनिधि सभाको कार्यसूचिमा राखेर प्रक्रिया अघि बढाइने भएको छ ।

सोमबार सभामुख देवराज घिमिरेले बोलाएको प्रमुख सचेतकहरुको बैठकले सो निर्णय गरेको हो ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले  २८ गते बस्ने प्रतिनिधि सभाको बैठकमा स्वीकृत अध्यादेश बमोजिमका प्रतिष्थापन विधेयकहरुको प्रक्रिया अघि बढाइने बताए। उनले २७ गते बस्ने प्रतिनिधि सभाको बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का नेता एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले सम्बोधन गर्ने कार्यक्रम तय भएको बताए।

उनले भने, ‘बैठक विशेष गरी भोलि २७ गते र २८ गते प्रतिनिधि सभाको बैठक बस्छ । सरकारले अहिले अध्यादेश स्वीकृत भएपछि स्वीकृत अध्यादेश बमोजिम प्रतिष्थापन विधेयक पनि संसदमा दर्ता गरिसकेको छ । त्यसलाई कार्यसूचिमा समावेश गर्ने विषयमा आज छलफल भएको हो । त्यसलाई २८ गतेको बैठकमा प्रतिष्थापन विधेयकलाई कार्यसूचिमा समावेश गरेर जाने भन्नेगरीको छलफल भयो । संसदमा सरकारले दर्ता गरेको ५ वटै प्रतिष्थापन विधेयकलाई २८ गते नै पेश गरे प्रक्रिया आरम्भ गर्छौं । पूर्वप्रधानमन्त्री एवं प्रमुख प्रतिपक्ष दलका नेताले भोलि समय माग्नुभएको छ । भोलिको संसदमा बोल्नका लागि संसदसँग समय माग्नुभएको छ । उहाँले बोल्ने गरी समय निर्धारण भएको छ । लोकतन्त्र र गणतन्त्रका बिरुद्धमा केही अराजकतावादी शक्तिहरुले जुन ढंगले गलत तरिकाले संविधानलाई अवमूल्यन गर्नेगरी जे गतिविधि भएका छन् ति गलत हुन्, त्यसलाई कुनैपनि हिसावले स्वीकार गर्न सकिँदैन । संसदले पनि ख्याल पु¥याउनुपर्छ भन्ने छलफल भएको छ ।’

प्रकाशित: २६ फाल्गुन २०८१ १७:४७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App