२० चैत्र २०८१ बुधबार
image/svg+xml ९:२१ पूर्वाह्न
राजनीति

मुकुलको दाबी: रविले भित्री रूपमा देउवा र ओलीसँग सम्झौता गरिसके

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट निलम्बित भएका महामन्त्री मुकुल ढकालले रास्वपा सभापति रवि लामिछाने शेर बहादुर देउवा र केपी शर्मा ओलीसँग भित्री रूपमा मिलेको दाबी गरेका छन्।

सोमबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै ढकालले रास्वपा सभापति लामिछाने नेपाली कांग्रेस सभापति देउवा र नेकपा एमालेका अध्यक्ष ओलीसँग भित्री रूपमा मिलेको दाबी गरेका हुन्।

उनले लेखेका छन्, 'रवि दाइले भित्र रूपमा देउवा र ओलीसँग सम्झौता गरेछन् । मुद्दा कमजोर बनाइदिने, र राजातिर भड्किएको जमातलाई फेरी आफूतिर तानेर राजावादी मोर्चालाई कमजोर बनाउने सम्झौता भएको बुझ्न सकिन्छ । पहिला पनि प्रचण्डलाई प्रधानमन्त्री बनाउने गरी पासपोर्ट काण्डमा यस्तै सम्झौता भएकै थियो । अन्य अवस्थामा रविन्द्र मिश्रजस्तै मार्ग परिवर्तन गरी राजाको पक्षमा लाग्ने आन्तरिक रणनीति बुनिरहेका छन् ।'

प्रकाशित: २६ फाल्गुन २०८१ १५:३६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App