१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
राजनीति

१ करोड धरौटी खारेजको माग गर्दै बुटवल उच्च अदालत पुगे रवि

सुप्रिम सहकारी प्रकरणमा जिल्ला अदालत रुपन्देहीले आफूसँग मागेको १ करोड धरौटी खारेजको माग गर्दै रास्वपा सभापति उच्च अदालत बुटवल पुगेका छन् ।

सोमबार लामिछाने जिल्ला अदालत रुपन्देहीले आफूसँग मागेको १ करोड धरौटी खारेजको माग गर्दै उच्च अदालत बुटवलमा निवेदन दर्ता गराएका हुन्।

उनले फौजदारी कार्यविधि संहिताको दफा ६८ बमोजिम धरौटी माग गरिएकोमा चित्त नबुझी सो बेरितको आदेश बदर गरी दफा ६९ बमोजिम साधारण तारेखमा बसी मुद्दा पुर्पक्ष गरी पाऊँ भनि लामिछानेले निवेदन दर्ता गराएका छन् ।

प्रकाशित: २६ फाल्गुन २०८१ १३:३१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App