२९ चैत्र २०८१ शुक्रबार
image/svg+xml ३:३१ पूर्वाह्न
राजनीति

शेखर भन्छन्: पूर्वराजा भन्दिनँ राजा नै भन्छु, तर राजतन्त्र फर्किन्न

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफूलाई राजतन्त्र फर्किन्छ भन्नेमा विश्वास नभएको बताएका छन्। शुक्रवार झापाको बिर्तामोडमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता कोइरालाले यस्तो बताएका हुन्। 

‘राजाको कुरा हेर्दा हरेक देशमा चलिरहेको हुन्छ । आज पनि फ्रान्स जानुभयो भने पेरिसमा एउटा चिया पसल छ । चिया पसलमा राजा फर्काउनुपर्छ भन्ने गफ हुन्छ । यसले के देखाउँछ भने द्वन्द्व चलिरहेको हुन्छ’, पत्रकारको प्रश्नमा नेता कोइरालाले भने, ‘राजा फर्किन्छ त भन्नुभयो, मलाई लाग्दैन । माई खोलामा धेरै पानी बगिसक्यो, मलाई लाग्दैन ।’ 

अहिलेको सडकमा राजतन्त्र माग्नेहरू उत्साहित हुनुको कारण भने गणतन्त्रवादी नेताका कारण नै भएको कोइरालाले तर्क गरे। उनले भने, ‘राजाको बारेमा कुरा गरेर मात्रै हुँदैन । जनतालाई कतिको खुसी पार्न सकेका छौँ भन्ने हो । गणतन्त्र ल्यायौँ । त्यसले आशा, भरोसा जगाउन सकेका छौँ की छैनौँ भन्ने हो ।’ 

तर पूर्व राजा ज्ञानेन्द्र शाह मुलुकको कार्यकारी भइसकेको व्यक्ति भएकाले आफूले राजा नै भन्ने पनि उनले तर्क गरे । ‘अरूले पूर्वराजा भन्छन् म राजा नै भन्छु । किनभने कार्यकारी भइसकेको व्यक्तिलाई पूर्व भन्ने चलन बाहिर छैन, नेपालमा मात्रै छ,’ कोइरालाले भने।  

प्रकाशित: २३ फाल्गुन २०८१ २०:०३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App