१३ माघ २०८२ मंगलबार
image/svg+xml
राजनीति

सबै नागरिकलाई साक्षर बनाउनेतिर ध्यान दिन स्थानीय तहहरूलाई दाहालको आह्वान

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले आगामी २०८५ सम्म सबै नागरिकलाई साक्षर बनाइसक्ने कानुनी प्रावधान सम्झाउँदै साक्षर हुन बाँकी नागरिक रहेका स्थानीय तहलाई साक्षर अभियान सञ्चालन गर्न आह्वान गरेका छन्।  

सप्तरीको खडक नगरपालिकाले आजदेखिअ सुरु गरेको साक्षर नगरपालिका निर्माण अभियान सुरु गर्दै उनले यस्तो आग्रह गरेका हुन्।  

संविधानले आधारभूत शिक्षालाई अनिवार्य र नि:शुल्क गरेको तथ शिक्षालाई नागरिकको मौलिक हकको रूपमा स्थापित गरेको स्मरण गराउँदै अध्यक्ष दाहालले अनिवार्य शिक्षासम्बन्धी ऐनले विसं २०८५  सम्म सबै नागरिकलाई साक्षर बनाइसक्ने र साक्षर बन्न नसके सरकारी सुविधासमेत प्राप्त गर्न नसक्ने व्यवस्था गरेकाले यसमा सबै स्थानीय तहको बेलैमा ध्यान जानुपर्ने बताए।

खडक नगरपालिकाले आफ्ना नागरिकलाई साक्षर बनाउने अभियान थालेर महत्त्वपूर्ण सुरुवात गरेको उल्लेख गर्दै उनले यस्तो अभियान सबै पालिकाले चलाउनुपर्ने बताए।

जनताको ठूलो बलिदानपछि प्राप्त भएको संविधानले शिक्षा, स्वास्थ्य र रोजगारीलाई मौलिक हकको रूपमा स्थापित गर्नु ठूलो सफलता भएको उल्लेख गर्दै अध्यक्ष दाहालले संविधानअनुसार कानुन बनाउने र कानुन कार्यान्वयन गरेर जनताको जीवन बदल्ने अभियानलाई तीव्र बनाउनुपर्ने बताए।

संविधानको मूल मर्म समाजवादउन्मुख अर्थ सामाजिक व्यवस्था भएको र यसका लागि नि:शुल्क तथा अनिवार्य शिक्षा, नि:शुल्क स्वास्थ्य आदि कामलाई प्राथमिकताका साथ अघि बढाउनुपर्ने र त्यसमा स्थानीय तहले अगुवाई गर्नुपर्ने उनले बताए। 

प्रकाशित: १६ फाल्गुन २०८१ १६:४७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App