१८ चैत्र २०८२ बुधबार
image/svg+xml
राजनीति

मुकुलको दाबी: रास्वपामा प्रति सदस्य ऋण ४० हजार !

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्व महामन्त्री मुकुल ढकालले पार्टीको आर्थिक अवस्थाबारे टिप्पणी गरेका छन्।

बिहीबार सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले रास्वपामा प्रति सदस्य ऋण ४० हजार रुपैयाँ पुगेको दाबी गरेका हुन्।

नेपालमा प्रति नेपाली नागरिकको ऋण ८८ हजार रुपैयाँ रहेको उल्लेख गर्दै उनले रास्वपा सदस्य रहेका व्यक्तिहरूको हकमा कुल ऋण १ लाख २८ हजार पुगेको आंकडा प्रस्तुत गरे।

आफू पार्टी सञ्चालनको भूमिकामा रहँदा सातै प्रदेश र केन्द्रीय अडिट प्रतिवेदन समयमा बुझाइएको भन्दै उनले त्यसबेला आर्थिक अनुशासनमा रास्वपा देशकै ‘नम्बर वन’ पार्टी रहेको दाबी गरे।

हालको अवस्थाबारे संकेत गर्दै उनले भनेका छन्, ‘अहिले के भयो, आफैँ खोज्नु, जान्नु। अडिट रिपोर्टहरू खोज्दा भेटिन्छन्।’

प्रकाशित: १५ फाल्गुन २०८१ २०:१६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App